१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

राजसंस्था पुनःस्थापना गराएरै छोड्छौँः डा. जगमान गुरुङ

राजसंस्था पुनःस्थापना गराएरै छोड्छौँः डा. जगमान गुरुङ
अ अ+ अ-

काठमाडौँ । राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले आगामी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले तीनकुने घटनापछि नजरबन्दमा रहनुभएका समितिका अध्यक्ष तथा पक्राउ परेका नेताहरुलाई मुक्त गर्न सरकारलाई अगामी वैशाख २१ गतेसम्मको समय दिएको बताउनु भयो ।

उहाँले समय सीमाभित्र सरकारले नेताहरुलाई मुक्त नगरे तीनकुनेमा मारिएका युवाहरुको रगतले लत्पतिएको माटोको टिका लगाएर भद्र आन्दोलनमार्फत सामुहिक गिरफ्तारी दिने बताउनु भयो । उहाँले आफूले ज्यानको माया मारेर भद्र अवज्ञा आन्दोलनको अगुवाइ गर्ने भन्दै रुची हुने सबैलाई आन्दोलनमा सहभागी हुन आह्वान गर्नभयो । उहाँले सशस्त्र वा हिंस्रक आन्दोलन गर्ने आफूहरुको कुनै मनसाय नभएको भद्र अवज्ञा आन्दोलनमार्फत अभियान सफल हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्नो इगो प्रोब्लेम ल्याउने होइन, यहाँ स्ट्याटस खोज्ने पनि होइन । लो प्रफाइलमा बसेर आन्दोलन सफल पार्नुपर्छ । हाम्रो अभियान सफल हुन्छ । तपाईहरु हरेस नखानुस्, अहिलेको अहिल्यै र भरेको भरे नै भन्ने हुँदैन । सबै कुराको समय आउँछ । आगमी वैशाख २१ गतेसम्मको समयमा पनि अहिलेको सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजकको नजर बन्द खुलाएन भने हाम्रा बन्दी बनाइएको साथीहरु मुक्त गरेन भने २२ गतेको दिनमा हामीहरुले तीनकुनेमा शहीद बनेको व्यक्तिहरुको रगतले लुटपुटिएको माटोको टिको लगाएर सामुहिम गिरफ्तारी दिने हो ।

सबैभन्दा पहिला मै हिड्छु । म ७८ वर्षको बुढो सुगरको पेसेन्ट माटोको टिको लगाएर मै हिँड्छु तपाईहरु को को आउनुहुन्छ, आउनुहोस् । हामी आन्दोलनमा ज्यानको माया मारेर अगाडि बढ्ने छौँ । हाम्रो आन्दोलन भद्र अवज्ञा आन्दोलन हुने छ । सशस्त्र आन्दोलन गर्ने भन्ने साथीहरुलाई पनि भद्र आन्दोलन गर्न भन्छौँ ।’

डा. गुरुङले तीनकुनेको कार्यक्रमपछि आन्दोलन सेलाएको र राजसंस्था फर्किंदैन भनेर विरोधीहरुले हल्ला चलाएको बताउनु भयो । उहाँले अभियानमार्फत ढिलो चाँडो राजसंस्था पुनःस्थापना भएरै छोड्ने दाबी गर्नुभयो ।