१७ भाद्र २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा लामो समयपछि वर्षा भएसँगै प्रदूषणबाट राहत



अ+ अ-

काठमाडौँ । लामो अन्तरालपछि काठमाडौं उपत्यकामा वर्षा भएको छ । मुलपानी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने लगायतका विभिन्न क्षेत्रमा अहिले वर्षा भइरहेको छ ।

वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ भने वायु प्रदूषणबाट नागरिकले राहत पाउने विश्वास गरिएको छ ।

यस्तै, देशको कुरा गर्दा काठमाडौं उपत्यकासहित झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान लगायतका विभिन्न जिल्लामा पनि मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।

वर्षासँगै काठमाडौंको उपत्यकाको वायु प्रदूषण केही घटेको छ । केहीदिनदेखि विश्वका प्रदूषित शहरहरुको सूचीमा पहिलो नम्बरमा रहेको काठमाडौं आज दिउँसो भने दोस्रो नम्बरमा झरेको छ ।

तर, काठमाडौंको वायु गुणस्तर सूचकांक १७७ सहित अहिले पनि अस्वस्थकर छ ।




भर्खरै