काठमाडौँ । लामो अन्तरालपछि काठमाडौं उपत्यकामा वर्षा भएको छ । मुलपानी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने लगायतका विभिन्न क्षेत्रमा अहिले वर्षा भइरहेको छ ।
वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ भने वायु प्रदूषणबाट नागरिकले राहत पाउने विश्वास गरिएको छ ।
यस्तै, देशको कुरा गर्दा काठमाडौं उपत्यकासहित झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान लगायतका विभिन्न जिल्लामा पनि मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।
वर्षासँगै काठमाडौंको उपत्यकाको वायु प्रदूषण केही घटेको छ । केहीदिनदेखि विश्वका प्रदूषित शहरहरुको सूचीमा पहिलो नम्बरमा रहेको काठमाडौं आज दिउँसो भने दोस्रो नम्बरमा झरेको छ ।
तर, काठमाडौंको वायु गुणस्तर सूचकांक १७७ सहित अहिले पनि अस्वस्थकर छ ।










