९ श्रावण २०८३, शनिबार
,
Latest
न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगको प्रतिवेदन लुकाएर ऐन निर्माणलाई पर धकेलिएको रास्वपा शिक्षा विभागको दाबी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय शिक्षा विभागले शिक्षा ऐन नबन्नु लज्जास्पद विषय भएको टिप्पणी गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले संविधान बनेको लामो समयसम्म पनि शिक्षा ऐन नबन्नु लज्जास्पद भएको धारणा सार्वजनिक गरेको हो ।

‘संविधान बनेको यतिका वर्षसम्म पनि शिक्षा ऐन नबन्नु लज्जास्पद छ । सरकार आफैंले बनाएको उच्चस्तरीय शिक्षा आयोग, २०७५ को प्रतिवेदन लुकाएर पनि शिक्षा ऐन निर्माणलाई पर धकेल्ने कार्य भयो’ विभाग प्रमुख एवं सहमहामन्त्री सुमना श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै, रास्वपाले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै यसमा पार्टीको फरक मत नरहेको पनि स्पष्ट पारेको छ ।