१७ भाद्र २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरियोः अध्यक्ष थापा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले सरकारले तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लाञ्छाना लगाउने कार्य गरेको भन्दै स्वीकार्य नहुने बताउनुभएको छ ।

बुधवार संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा आयोजना गरेको प्रतिवद्धता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो । सरकार र गणतन्त्रवादी दलहरु राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयास गरेको उहाँको आरोप छ ।

उहाँले लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्नेगरी कमाएको सम्पत्ति र भ्रष्टाचारबाट गरेको आम्दानीलाई लुकाउनको निमित्त गणतन्त्रवादी दलहरु लागि परेको समेत उहाँको आरोप छ । राजतन्त्र पक्षधरहरुले यो समयमा सचेत भएर अगाडि बढ्न नसके आफूहरुको विचार सधैंका लागि समाप्त हुने भन्दै आफूहरुको आन्दोलनका कार्यक्रममा सहभागि हुन उहाँको अपिल समेत छ ।

उहाँले भन्नुभयो, ‘चैत १५ गतेमो घटनाबाट हामी कति पनि विचलित हुनुपर्ने जरुरत छैन । हतोत्साहित र निराश हुनुपर्ने जरुरी छै, चैत १५ गतेको घटनाबाट पाठ सिकेर हामीले हाम्रो आन्दोलनलाई नयाँ ढंगबाट र नयाँ शिराबाट अब उठाउनुपर्दछ ।

अहिलेको सरकार र गणतन्त्र पक्षधर राजनीतिक दलका नेताहरुले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयास गरेका छन् । चैत १५ गतेको घटनासँग कुनै साइनो र सरोकार नै नभएको राजा ज्ञानेन्द्रलाई जुन ढंगबाट प्रधानमन्त्रीदेखि अन्य नेताहरुले लाञ्छना लगाउने काम गरे त्यो नेपाली जनतालाई स्वीकार्य छैन ।

जनताले बुझेका छन् कि लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्नेगरी कमाएको सम्पती देश विदेशमा लुकाएर राखेको, भ्रष्टाचारबाट गरेको आम्दानीलाई लुकाउनको निमित्त यिनीहरुले यो प्रयास गरेका हुन् । यो सफल हुन दिने छैन । २०६३ पछि अहिले यस्तो समय आएको छ कि हामीले अलिकति सचेत भएर सद्बुद्धिको प्रयोग गर्न सकेनौं भने हाम्रो विचार सधैंको लागि समाप्त हुन्छ ।’

तीनकुने घटनाबाट पाठ सिकेर अघि बढ्ने उहाँको भनाइ छ ।




भर्खरै