१२ श्रावण २०८३, मंगलवार
,
Latest
एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले अफगानिस्तानलाई दियो १ सय ९२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले अफगानिस्तानको युवा टोलीलाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।

मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४ ओभर ५ बलमा १ सय ९१ रन बनाएर अलआउट भयो । नेपालका साहिल पटेलले ४६, निरजकुमार यादवले ४२ रन बनाए । यस्तै, रोशन विश्वकर्माले २८, नरेन भट्टले २२ रन जोडे । नेपालले अतिरिक्त २८ रन पायो ।

अफगानिस्तानका हफीज जाद्रनले ४ तथा अब्दुल अजिज र जैतुल्लाह शाहिनले २–२ विकेट लिए भने रोहुल्लाह अरब र महबुब खानले १–१ सफलता हात पारे ।

युथ एकदिवसीय शृङ्खला अफगानिस्तानले यसअघि नै जितेको छ । अफगानिस्तानले नेपाललाई पहिलो खेलमा १ सय ३० रन र दोस्रो खेलमा १ रनले हराएको थियो । यही महिना नेपालमै हुने आईसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारी स्वरूप नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग शृङ्खला खेलिरहेको हो ।

१९ वर्षमुनिको विश्वकप छनोट पनि मूलपानीमै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, यूएई र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।