२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएलमा काठमाडौँको पहिलो जित



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग ९एनएसएल० फुटबल प्रतियोगितामा काठमाडौँ रेजर्सले पहिलो जीत निकालेको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा काठमाडौँले बुटवल लुम्बिनी एफसीमाथि १–० को जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

काठमाडौँका लागि अमाडु डिओपले खेलको ८९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै काठमाडौँ अङ्क तालिकाको तेस्रो नम्बरमा उक्लिएको छ ।

यसअघिका दुई खेलमा बराबरी र एक खेलमा हार भोगेको काठमाडौँ ५ अङ्कसहित तेस्रो नम्बरमा उक्लिएको हो । बुटवल भने अङ्क तालिकाको अन्तिममा छ । बुटवल चार खेलमध्ये एक खेलमा बराबरी र तीन खेलमा पराजित भएको थिया ।