२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनका २७९ उद्योग बन्द



अ+ अ-

चितवन । उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि यता जिल्लाका विभिन्न स्थानमा दर्ता भएका ती उद्योग बन्द (लगत कट्टा) गरिएको हो । गत वर्ष सोही अवधिमा १८१ उद्योग बन्द भएका थिए ।

कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार वैदेशिक प्रयोजनाका लागि दर्ता गरिएका अधिकांश उद्योग बन्द भएका हुन् । कतिपय सञ्चालन हुन नसकेर पनि बन्द भएका छन् । उहाँका अनुसार यस वर्ष २७३ नयाँ उद्योग दर्ता भएका छन् । निजी फर्ममा २६२, सामुदायिक फर्ममा सात र प्राइभेट लिमिटेडमा चार उद्योग दर्ता भएका छन् ।

यो सङ्ख्या गत वर्ष सोही अवधिमा ३२९ उद्योग दर्ता भएर सञ्चालनमा आएका थिए । उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटनमूलक र सेवामूलक उद्योग बन्द भएका हुन् । वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उहाँले बताउनुभयो । उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरुको सङ्ख्या उच्च रहेको उहाँले बताउनुभयो ।

यस आर्थिक वर्षमा दुई हजार १६७ उद्योग नवीकरण भएका छन् । त्यसमध्ये नौ वटाले नामसारी गरेका छन्भने ३१ वटाले ठाउँसारी गरेका छन् । यस्तै २८ वटाले कारोबार संशोधन, सुविधा सिफारिस तिनले लिएको कुमालले जानकारी दिनुभयो ।