२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको बौद्धमा ‘राष्ट्रिय बौद्ध तेमाल जात्रा’ हुने



अ+ अ-

काठमाडौँ । बौद्ध तामाङ कल्याण गुठीको आयोजनामा यही चैत २९ गते विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा ‘राष्ट्रिय बौद्ध तेमाल जात्रा’ हुने भएको छ ।

चैत पूर्णिमाको अघिल्लो दिन मनाइने सो जात्रामा श्रद्धालु भक्तजनले रातभरि नै जाग्राम बसेर आफ्ना पितृको स्मरणमा बत्ति बालेर गुरुद्वारा पूजापाठ गर्ने आयोजक संस्थाका अध्यक्ष जनमङ्गल लामाले जानकारी दिनुभयो । यो जात्रामा विशेषगरी काभ्रेपलाञ्चोकको तिमाल क्षेत्रका तामाङलगायत मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक र काठमाडाँै उपत्यकाका विभिन्न स्थानबाट तामाङ समुदायको उपस्थिति रहनेछ ।

तिमाल जात्रा मनाउन भारत, भूटान र बर्माबाट समेत भक्तजन आउने आयोजक समितिले जनाएको छ । मृतकको आत्माको चिरशान्तिको कामनासहित परापूर्वकालदेखि नै बौद्ध तिमाल जात्रा मनाउन थालिएको लामाले जानकारी दिनुभयो । विसं १८१९ मा तिमालका अन्तिम तामाङ राजा रिन्जिल दार्जे बलले चैत पूर्णिमालाई राजकीय चाडको मान्यता दिएको र तिमाल जात्रा सम्पन्न गर्न आफ्ना जनतालाई पठाउने गरेको जनश्रुति रहेको उहाँको भनाइ छ ।

मेलामा नेपाल र विदेशबाट करिब ६० हजार भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ । तेमाल जात्रा तामाङ समुदायका विभिन्न चाडपर्व, उत्सव वा पूजामध्ये प्राचीन समयदेखि मनाउँदै आइरहेको प्रमुख पर्व भएको लामाले जानकारी दिनुभयो ।

काभ्रेको तेमाल क्षेत्रका तामाङ आफ्ना दिवङ्गत आत्मको चिरशान्तिका निम्ति बौद्ध महाचैत्यमा आई विशेष पूजाआजा गर्ने भएकाले यस जात्राको नाम तेमाल जात्रा रहन गएको बताइएको छ ।




भर्खरै