
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा आज दोहोरो हेडरको पहिलो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) र लखनऊ सुपर जायन्ट्स (एलएसजी) खेल्दैछन्। कोलकाताको इडेन गार्डेनमा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसो ३:४५बजेबाट सुरु हुनेछ।
यस सिजनमा अहिलेसम्म दुवै टोलीले ४/४ खेल खेलेका छन्। जसमा दुवैले २/२ जितेका छन् भने २/२ हारेका छन्। आईपीएलमा अहिलेसम्म कोलकाता र लखनउबीच इडेन गार्डेनमा २ खेल भएका छन्, जसमध्ये दुवैले १/१ जितेका छन्।
हेड-टु-हेडमा लखनउ अगाडि
आईपीएलमा अहिलेसम्म दुई टोलीबीच जम्मा ५ खेल खेलिएका छन्। लखनउले ३ र कोलकाताले २ जितेको छ।
सम्भावित प्लेइङ-१२
कोलकाता नाइट राइडर्स: अजिंक्य रहाणे (कप्तान), सुनिल नारायण, क्विन्टन डी कक (विकेटकिपर), अङ्क्रिश रघुवंशी, भेंकटेश अय्यर, रिंकु सिंह, रमनदीप सिंह, आन्द्रे रसेल, हर्षित राणा, वरुण चक्रवर्ती, मोइन अली र अरविभ अली।
लखनऊ सुपर जायन्ट्स:
ऋषभ पन्त (कप्तान र विकेटकीपर), मिचेल मार्स, एडेन मार्कराम, निकोलस पूरन, आयुष बडोनी, डेभिड मिलर, अब्दुल समद, शार्दुल ठाकुर, दिग्वेश सिंह, रवि बिश्नोई, आवेश खान र एम सिद्धार्थ।