४ भाद्र २०८३, बिहीबार
,
Latest
‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कप भलिबल : सुदुरपश्चिमद्वारा लुम्बिनी पराजित



फाइल फोटो
अ+ अ-

भोजपुर। भोजपुर नगरपालिका–७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो र दोस्रो सेट लुम्बिनीले २७–२५ अङ्क र २५–१४ अङ्कले जितेको थियो । बाँकी तीन सेट भने सुदूरपश्चिम प्रदेशले जित्यो । सुदूरपश्चिमले तेस्रो सेट २५–२३, चौथो सेट २५–२२ र अन्तिम सेट १५–११ अङ्कले जित्यो ।

मङ्गलबार पहिलो खेल लुम्बिनी र गण्डकी प्रदेशबीच तथा दोस्रो खेल सुदूरपश्चिम र गण्डकी प्रदेशबीच हुने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ ।

प्रतियोगितमा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले सहभागिता जनाएको छ । यही चैत २८ गतेसम्म हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिनुभयो ।रासस