७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगामा नेपाल २ स्वर्णसहित ६ पदक



अ+ अ-

काठमाडौं। नेपालले १६ औं विश्व योगासना च्याम्पियनसिपमा २ स्वर्णसहित ६ पदक जितेको छ । नेपालले थप १ रजत र ३ कांस्य पदक पनि जित्यो ।

मलेसियाको क्वाललम्पुरमा चैत २३ र २४ गतेसम्म भएको प्रतियोगितामा ९ देखि ११ बर्ष उमेरसमूहमा प्रयासजंग चौहान र १२ देखि १४ वर्ष उमेरसमूहमा प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते ।

९ देखि ११ वर्ष उमेरसमूहमा अमिष पटेलले रजत पदक प्राप्त गरे । सोही उमेरसमूहमा किरन मगर र संस्कृती चौलागाईं तथा १५ देखि १७ बर्ष उमेरसमूहमा सुन्दर सार्कीले कास्य पदक प्राप्त गरेका छन् । २३ राष्ट्रका १ सय ५३ खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट ३१ जना खेलाडी सहभागी भएका थिए ।