१२ बैशाख २०८२, शुक्रबार
April 25, 2025 Friday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.61

Wind: 1.03

Humidity: 33

Latest
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्र एमाले महासचिव पोखरेलको आह्वान– अदालतको आदेशअनुसार शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाऔं लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु फौजदारी कानुन संशोधनको तयारीप्रति विरोध गर्दै राप्रपा नेपालले १५ गते प्रदर्शन गर्ने आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने १९ गते नीति तथा कार्यक्रम र २८ गतेदेखि प्रिबजेट छलफल बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते



सांकेतिक तस्बिर
अ+ अ-

झापा । कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नं।–६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको हो ।

घाइते हुनेमा चार बर्षीया बालिकासहित चार महिला र आठ जना पुरुष छन् । पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा आज विहानदेखि रेविजविरुद्धको खोप लगाउन सुरु भएको छ । उहाँले केन्द्रमा रहेको खोपले एक पटक मात्र पुग्ने भएका कारण थप खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिसकेको बताउनुभयो ।

पालिकाका उपाध्यक्ष नवराज भट्टराईले कुकुर नियन्त्रणका लागि आज विहानैदेखि पालिकाले कृषि र पशु शाखाका कर्मचारीसहित प्रहरी परिचालन गरिरहेको बताउनुभयो ।