६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सूचना आयोगमा पछिल्लो एक महिनामा सूचनाको हक सम्बन्धी १४ वटा पुनरावेदन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी नियमावली २०६५, अनुगमन निर्देशिका २०७६ र आयोगबाट जारी भएका अन्य निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधार सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मलेन गरी आयोगले निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधार सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

आयोगले सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले आयोगले आवश्यकताअनुसार कार्यालय खोल्नसक्ने कानूनी व्यवस्था गरेको सन्दर्भमा संगठन तथा व्यवस्थापन सर्वेक्षणको लगि सैद्धान्तिक सहमतिसहित पक्रिया अगाडि बढाउने आयोगको निर्णय छ । पत्रकार सम्मेलनमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा।सुरेशप्रसाद आचार्यले यस अतिरिक्त आयोगका नियमित कामहरु अन्तर्गत सूचना अभियन्ताहरुको पुनरावेदन लिने र तदनुसार आदेश गर्ने काम भइरहेको बताउनु भयो । पछिल्लो एक महिनाको अवधिमा सूचनाको हक सम्बन्धी १४ वटा पुनरावेदन प्राप्त भएको जानकारी दिनुभयो । प्रक्रियामा रहेका ५६ वटा पुनरावेदनमा आदेश भएको बताउनु भयो । उहाँकाअनुसार आयोगले राष्ट्रिय सूचना आयोगको १७ औँ स्थापना दिवस २०८२ वैशाख २२ गते भव्यताका साथ मनाउने र राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथिका रुपमा बोलाइएको जानकारी दिनुभयो ।

स्थापना दिवसकै सन्दर्भमा उत्कृष्ट सूचना अधिकारी छनोटको लागि आवेदन आह्वान गर्दै गोरखापत्र र आयोगको वेबसाईटमार्फत २०८१ फागुन २७ मा सूचना प्रकाशन गरिएको जानकारी दिनुभयो ।