
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इन्डियन्स (एमआई) ले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) को सामना गर्दैछ । १८ औं सिजनको २० औं खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ पौने सात बजे सुरु हुनेछ ।
मुम्बईले यस सिजनका सुरुका ४ खेलमध्ये ३ खेलमा हार बेहोरेको थियो । अर्कोतर्फ बैंग्लोरले ३ खेलमध्ये २ जितेको छ भने १ खेलमा हार बेहोरेको छ । बैंग्लोरले १० वर्षदेखि वानखेडेमा मुम्बईलाई जित्न सकेको छैन । टोलीको यहाँ अन्तिम जित सन् २०१५ मा आएको थियो ।
हेड टु हेडः
आईपीएलमा हालसम्म दुई टोलीबीच जम्मा ३५ खेल खेलिएका छन् । जसमध्ये मुम्बईले २१ मा जित निकालेको छ भने बैंग्लोर १४ मा विजयी भएको छ । दुबै टोली वानखेडे स्टेडियममा १० पटक आमनेसामने भएका छन् । जसमा एमआईले ७ पटक र आरसीबीले ३ पटक जितेको छ ।
मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादव टोलीका सर्वाधिक स्कोरर हुन् । उनले ४ खेलमा १७१ रन बनाएका छन् । उनले लखनउ सुपर जाइन्ट्सविरुद्ध ४३ बलमा ६७ रनको अर्धशतकीय पारी खेलेका थिए ।
बलिङमा हार्दिक पाण्ड्या शीर्ष स्थानमा छन् । हार्दिकले ३ खेलमा ८ विकेट लिएका छन् । उनले लखनउविरुद्ध ४ ओभरमा ५ विकेट लिएका थिए । बलर विग्नेश पुथुर दोस्रो स्थानमा छन् । उनले ३ खेलमा ५ विकेट लिएका छन् ।
यो सिजन अहिलेसम्म रोयल च्यालेन्जर्स बैंग्लोरका ४ फरक–फरक खेलाडीले अर्धशतक बनाएका छन् । टोलीका लागि ब्याट्सम्यान फिल साल्टले सर्वाधिक रन बनाए । उनले ३ खेलमा कुल १०२ रन बनाएका छन् ।
साल्टले पहिलो खेलमा केकेआरविरुद्ध ५६ रनको इनिङ खेलेका थिए । उनीपछि विराट कोहली र रजत पाटीदारले ३ खेलमा ९७–९७ रन बनाएका छन् । विराटले आफ्नो पहिलो खेलमा कोलकाताविरुद्ध ५९ रनको अविजित इनिङ खेलेका थिए ।
विकेट लिनेमा टिमका जोस हेजलउड शीर्ष स्थानमा छन् । उनले ३ खेलमा ६ विकेट लिएका छन् । उनले चेन्नई सुपर किंग्सविरुद्ध २१ रन दिएर ३ विकेट लिएका थिए ।
बुमराह फर्किन सक्नेछन्
मुम्बईका फास्ट बलर जसप्रित बुमराहले आजको खेलबाट यस सिजनमा पुनरागमन गर्न सक्नेछन् । चोटबाट फर्किएपछि उनी आइतबार एमआई टोलीमा सामेल भएका थिए । बोर्डर–गावस्कर ट्रफीका क्रममा उनी घाइते भएका थिए ।
बुमराह कम्मरको चोटका कारण च्याम्पियन्स ट्रफीबाट बाहिर भएका थिए । उनी पछिल्ला केही दिनदेखि बैंगलोरस्थित बीसीसीआईको सेन्टर अफ एक्सिलेन्स (सीओई) मा पुनर्वास गरिरहेका थिए ।
कस्तो छ पिच ?
वानखेडेको पिच ब्याट्सम्यानका लागि सहयोगी साबित हुन्छ । यहाँ फास्ट बलरहरूले केही मद्दत पाउँछन् । हालसम्म यहाँ ११७ आईपीएल खेलहरू खेलिएका छन् । ५४ खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले जितेको छ भने ६३ खेलमा पछ्याउने टोलीले जित हासिल गरेको छ ।
आज मुम्बईको मौसम निकै तातो रहनेछ । आज यहाँ धेरै घाम लाग्नेछ । पानी पर्ने कुनै आशा छैन । तापमान २६ देखि २७ डिग्री सेल्सियस सम्म हुन सक्छ ।
सम्भावित सुरुवाती–११
मुम्बई इन्डियन्सः हार्दिक पाण्ड्या (कप्तान), रायन रिकेल्टन (विकेटकीपर), विल ज्याक, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, मिचेल सान्टनर, दीपक चाहर, ट्रेन्ट बोल्ट, अश्विनी कुमार, विग्नेश पुथुर ।
रोयल च्यालेन्जर्स बैंगलोरः रजत पाटीदार (कप्तान), फिल साल्ट, विराट कोहली, देवदत्त पडिक्कल, लियाम लिभिङ्स्टन, जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, जोश हेजलवुड, यश दयाल ।