२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 14.05

Wind: 1.54

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः गुजरातको लगातार तेस्रो जित, हैदरावादको लगातार चौंथो हार



अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ अन्तर्गत १९ औं खेलमा सनराइजर्स हैदरावाद टाइटन्ससँग पराजित भएको छ ।

पाहुना टोलीलाई सात विकेटले पराजित गर्दै गुजरातले जारी सिजनको लगातार तेस्रो जित निकाल्यो । आइतबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा आठ विकेट गुमाएर १५२ रन बनाएको थियो ।

जवाफमा गुजरातले १६.४ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । हैदरावादको यो सिजनको चौथो हार हो । यसअघि केकेआर (८० रन), दिल्ली क्यापिटल्स (सात विकेट) र लखनउ सुपर जाइन्ट्स (पाँच विकेट) सँग टोलि पराजित भएको थियो ।

लक्ष्य पछ्याउने क्रममा गुजरातको सुरुआत खराब रह्यो । मोहम्मद शामीले तेस्रो ओभरमा साई सुदर्शनलाई आफ्नो शिकार बनाए । उनले नौ बलमा पाँच रन मात्रै बनाउन सके । त्यसपछि प्याट कमिन्सले जोस बटलरलाई क्लासेनको हातमा क्याच आउट गराए । उनले खाता पनि खोल्न सकेनन् ।

१६ रनको स्कोरमा दुई विकेट गुमाएको गुजरातलाई ठूलो साझेदारीको आवश्यकता थियो । उसको यो आवश्यकता चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान गिल र वाशिङ्टन सुन्दरले पूरा गरे । यी दुईबीचको सबैभन्दा ठूलो साझेदारी ९० रनको थियो ।

आफ्नो डेब्यु खेलमा सुन्दरले २९ बलमा ४९ रनको बलियो इनिङ खेले । तर, उनले आफ्नो अर्धशतक पूरा गर्न सकेनन् । शुभमन गिल र शेरफान रदरफोर्डले क्रमशः ६१ र ३५ रन बनाएर अविजित रहे ।

हैदरावादका लागि मोहम्मद सामीले २ तथा प्याट कमिन्सले एक विकेट लिए ।

डेथ ओभरमा प्याट कमिन्सको तूफानी इनिङ्सको मद्दतले सनराइजर्स हैदरावादले गुजरात टाइटन्सलाई १ सय ५३ रनको लक्ष्य दिएको थियो । यो खेलमा हैदरावादको सुरुवात खराब रह्यो । ट्राभिस हेड (८) र अभिषेक शर्मा (१८) को ओपनिङ जोडीलाई मोहम्मद सिराजले प्याभिलियन पठाए ।

यसपछि प्रसिद्ध कृष्णले इशान किशनलाई आउट गरे । उनले १७ रन मात्रै बनाउन सके । हैदराबादका लागि नितिश रेड्डीले ३१, हेनरिक क्लासेनले २७, अनिकेत वर्माले १८ र कामिन्दु मेन्डिसले एक रन बनाए ।

प्याट कमिन्स र मोहम्मद सामीले क्रमशः २२ र ६ रन बनाएर अविजित रहे । गुजरातका लागि मोहम्मद सिराजले ४ विकेट लिए भने प्रसिद्ध कृष्ण र साई किशोरले २–२ विकेट लिए ।

लगातार तेस्रो जितसँगै शुभमन गिलको कप्तानीमा रहेको टोली अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । उसको साथमा ६ अंक छ र नेट रन रेटमा पनि सुधार आएको छ ।

योसँगै प्याट कमिन्सको नेतृत्वमा रहेको हैदरावाद १० औं स्थानमा छ । उसको नेट रन रेट १.६२९ छ । ६ अंक र १.२५७ नेट रन रेटसहित दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ ।

आजको खेलः मुम्बई इन्डियन्स भर्सेस रोयल च्यालेन्जर्स बैंगलोर