१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहमसँग लिभरपुल पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको लिभरपुलले हार ब्यहोरेको छ । आइतबार साँझ सम्पन्न खेलमा लिभरपुल फुलहमसँग ३–२ गोलले स्तब्ध बनेको हो ।

फुलहमको घरेलु मैदान कार्भेन कटेजमा खेलको १४ औं मिनेटमा म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा र्यान सेसेग्ननले गोल गर्दै फुलहमलाई १–१ को बराबरीमा ल्याए ।

३२ औं मिनेटमा एलेक्स इओवीले तथा ३७ औं मिनेटमा रोड्रिगो मुनिजले गोल गरेपछि घरेलु टोलिले पहिलो हाफमा ३–१ को अग्रता दिलाए । यता, ७२ औं मिनेटमा लुइस डियाजले गोल फर्काउँदै लिभरपुललाई २–३ को अवस्थामा ल्याए ।

अन्तिमसम्म लिभरपुलले गोल गर्ने प्रयास गरेपनि सफल भएन र हार ब्यहोर्यो । शीर्षस्थानको लिभरपुलको ३१ खेलबाट ७३ अंक छ । फुलहम ४८ अंकका साथ आठौं स्थानमा छ ।