४ भाद्र २०८३, बिहीबार
,
Latest
‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहमसँग लिभरपुल पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको लिभरपुलले हार ब्यहोरेको छ । आइतबार साँझ सम्पन्न खेलमा लिभरपुल फुलहमसँग ३–२ गोलले स्तब्ध बनेको हो ।

फुलहमको घरेलु मैदान कार्भेन कटेजमा खेलको १४ औं मिनेटमा म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा र्यान सेसेग्ननले गोल गर्दै फुलहमलाई १–१ को बराबरीमा ल्याए ।

३२ औं मिनेटमा एलेक्स इओवीले तथा ३७ औं मिनेटमा रोड्रिगो मुनिजले गोल गरेपछि घरेलु टोलिले पहिलो हाफमा ३–१ को अग्रता दिलाए । यता, ७२ औं मिनेटमा लुइस डियाजले गोल फर्काउँदै लिभरपुललाई २–३ को अवस्थामा ल्याए ।

अन्तिमसम्म लिभरपुलले गोल गर्ने प्रयास गरेपनि सफल भएन र हार ब्यहोर्यो । शीर्षस्थानको लिभरपुलको ३१ खेलबाट ७३ अंक छ । फुलहम ४८ अंकका साथ आठौं स्थानमा छ ।