२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी



फाईल फोटो
अ+ अ-

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताउनुभएको छ ।

सो पार्टीले आजदेखि रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु गरेको ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा’ नामक सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलनमा उहाँले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र मात्र हुने बताउनुभयो ।

अध्यक्ष केसीले भन्नुभयो, “गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन, २४० वर्षको राजतन्त्रमा जनताले दुःख पाएको र देश विकास हुन नसकेको छर्लङ्गै छ । हाल गणतन्त्रका नाममा सत्तामा बस्नेहरूले राम्रो काम गर्न नसकेकाले जनअसन्तुष्टि देखिएको छ, जनताले सडकबाट चेतावनी दिएका छन्, यो सत्तामा रहेका दलका नेताहरूमाथि पनि कारबाही हो ।

मुलुकको राष्ट्रियतामाथिको खतरा बढ्दै गएको भन्दै मुलुकको राष्ट्रियता रक्षाका निम्ति सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । चैत ३० गतेसम्म हुने आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रदर्शनसहितको सभा गर्ने र सङ्घीयता खारेजीको माग गरिने अध्यक्ष केसीले बताउनुभयो । रासस