२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले कोशीको पहिचानसम्बन्धी विवाद प्रदेश कमिटीको अधिवेशनमा टुङ्गो लगाउने



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कोशी प्रदेशमा देखिएको पहिचानसम्बन्धी विवाद प्रदेश कमिटीको अधिवेशनमा टुङ्गो लगाउने भएको छ ।

यही चैत २६ र २७ गते सुनसरीमा हुने कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा त्यस क्षेत्रको नामकरणमा देखिएको पहिचानको समस्या समाधान गर्न १४ जिल्लाका प्रतिनिधिबीच छलफल गरी मध्यमार्गी उपायबारे पार्टीको धारणा तय गरिने बाट टुङ्गो लगाइने पार्टी केन्द्रीय सचिव एवं कोशी प्रदेश अधिवेशनका संयोजक बलदेव चौधरीले बताउनुभयो ।

अधिवेशनमा नयाँ नेतृत्व चयनका साथै प्रदेशको विकास निर्माणका दीर्घकालीन योजना, जनताको समस्या समाधानका उपाय, साङ्गठनिक अवस्थाको समीक्षा गरिने उहाँले जानकारी दिनुभयो ।

अधिवेशनमा उक्त प्रदेशमा रहेका १४ जिल्लाका विभिन्न सङ्घ तथा जनवर्गीय सङ्गठनहरूबाट करिब ७०० प्रतिनिधि सहभागी हुने जनाइएको छ । रासस