९ श्रावण २०८३, शनिबार
,
Latest
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप क्रिकेट : काठमाडौँ र हटौँडा विजयी



अ+ अ-

कास्की। पोखरामा सञ्चालन भइरहेको ‘दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय खुला क्लबस्तरीय पुरुष क्रिकेट प्रतियोगिता’को आजको खेलमा काठमाडौँ र हटौँडा विजयी भएका छन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी उक्त प्रतियोगिताको समूह ‘ए’मा रहेको सिइसी काठमाडौँ दुई खेलमा जित हासिल गर्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । स्याङ्जासँगको आजको खेलमा काठमाडौँले जितका लागि पाएको एक सय २७ रनको लक्ष्य १४ ओभरको पहिलो बलमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा सात विकेट गुमाउँदै १२६ रन बनाएको थियो । काठमाडौँका लागि दीपेन्द्र रावतले ४९ र रित गौतमले ३८ रन बनाए । बलिङतर्फ स्याङ्जाका लागि अस्विनी रानाले दुई तथा किरण भट्टराईले एक विकेट लिए । काठमाडौँले यसअघि हेटौँडालाई पराजित गरेको थियो ।

आजको पहिलो खेलमा हेटौँडा स्पोट्र्स एकेडेमीले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई चार विकेटले हराएको थियो । टस जितेर ब्याटिङ गरेको पोखरा महानगरले १६ ओभरको पाँचाँै बलमा सबै विकेट गुमाउँदै ७१ रन मात्र बनायो । पोखराका लागि सुमित श्रेष्ठले ३९ बल खेल्ने क्रममा तीन चौकाको मद्दतमा २६ रन बनाए । प्रमोद बास्तोलाले १६ बलमा तीन छक्का हान्दै २२ रन तथा दीपक बरालले १४ रन बनाए ।

जितका लागि ७२ रनको लक्ष्य हेटौँडाले १२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । हेटौँडाका लागि सौरभ खड्काले ३२ बलको सामना गर्ने क्रममा चार चौका हान्दै ३४ रन जोडे । पोखराको लगातार यो दोस्रो हार हो । यसअघि शनिबार उद्घाटन खेलमा पोखरा स्याङ्जासँग पराजित भएको थियो ।

प्रतियोगितामा १६ टोली सहभागी छन् । विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । ‘म्यान अफ दी सिरिज’ले रु ३० हजार, उत्कृट बलर र ब्याटरले जनही रु १० हजार प्राप्त गर्ने एकेडेमीले जनाएको छ । रासस