२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

नेपाललाई जितका लागि १६९ रनको लक्ष्य

नेपाललाई जितका लागि १६९ रनको लक्ष्य
अ अ+ अ-

काठमाडौँ । नेपाल यू–१९ लाई अफगानिस्तान यू–१९ ले जितका लागि १६९ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू–१९ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो ।

अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए । उनले ११४ बल खेल्ने क्रममा एक चौका प्रहार गरे । साथै ओपनरद्वय उजैरुल्लाह नियाजाईले १९ र खालिद अहमदजाईले १० रन बनाए । उसका लागि रोहुल्ला अरबले २७ रन बनाउँदा फैजल खान सिनोजादा र बर्खत इब्राहिमजाई शून्य रनमा आउट भए ।

नाजिफुल्लाह अमिरीले १६, जाइतुल्लाह शाहिनले २, खातिर स्तानिकजाईल ११ रन, वाहिदुल्लाह जार्दानले ८ र हफिजुल्लाह जार्दानले ५ रनको योगदान दिए ।

नेपालका लागि सन्तोष यादवले तीन, चिवरिन श्रेष्ठ र विपिन शर्माले दुई–दुई विकेट लिए । साथै अभिषेक तिवारी र अपराजित पौडेलले एक–एक विकेट लिए ।

यू–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारी स्वरुप नेपाल र अफगानिस्तानबीच अभ्यास खेल्न भइरहेको हो । यसअघि बिहीवार भएको पहिलो अभ्यास खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो ।

दुई टोलीबीचको तेस्रो अभ्यास खेल आगामी बुधबार हुने तालिका छ । आगामी साता नेपालमा आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तानसँगै हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्दैछन् ।