
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनल एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको ३४ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ४९ औं मिनेटमा घरेलु टोलिले बराबरी गोल फर्कायो । लिमान एन्डिएले पेनाल्टीमार्फ गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याएका हुन् ।
त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टोलिले अंक बाँडे । पछिल्ला पाँच खेलमा दुई जित, दुई बराबरी र एक हार ब्यहोरेको आर्सनलको उपाधि होडमा निकै धक्का पुगेको छ ।
टोलि ३१ खेलबाट ६२ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको लिभरपुलको ३० खेलबाट ७३ अंक छ । एभर्टन ३५ अंकका साथ १४ औं स्थानमा छ ।