१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 20.65

Wind: 1.54

Humidity: 46

Latest
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ: अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार नेपाली सञ्चार क्षेत्रको बिकास र समृद्धिमा सधै सकारात्मक रहने प्रतिवद्धता जनाउनु भएको छ ।

प्रेस चौतारी नेपालका नवनिर्वाचित पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले पत्रकारको पक्षमा सरकार सदैव सकारात्मक रहेको र पत्रकारले सरकारको कमी कमजोरी औल्याउनु पर्ने बताउनु भयो ।

अर्थमन्त्री पौडेलले पत्रकारले राष्ट्र निर्माणको लागि योगदान गर्नुपर्ने पनि बताउनु भयो । ‘सरकार सञ्चार क्षेत्रको बिकाश र गुणस्तर कायम होस भन्ने चाहन्छ । आफ्नो सामर्थ्यले भ्याएसम्म सहयोग गर्छ । सिमित स्रोत साधनको बावजुद सञ्चार क्षेत्रको बिकासमा सघाउन चाहन्छ । आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्छ भन्नेमा तपाईंहरु ढुक्क हुनोस,’ नेकपा एमालेका उपाध्यक्षसमेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री पौडेलले भन्नुभयो ।

पछिल्लो समय सत्यलाई ओझेलमा पार्ने गरी अफवाह फैलाउने अभियान चलाइएको भन्दै उहाँले त्यसप्रति नेपाली सञ्चार जगत सचेत रहनुपर्ने र सत्यलाई स्थापित गर्ने कुरामा अब्बल भूमिकामा उत्रनुपर्ने सुझाव पनि दिनुभयो । प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै उपप्रधानमन्त्री पौडेलले सरकारले गरेका सकारात्मक कामको प्रचार र सुधार गर्नुपर्ने क्षेत्रमा सुझाव दिन पनि आग्रह गर्नुभयो ।

यस्तै मन्त्री पौडेलले पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिन सक्ने बताउनु भयो । उपप्रधानमन्त्री पौडेलले सरकार पत्रकारसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको जानकारी पनि गराउनु भएको छ । सो क्रममा उपप्रधानमन्त्री पौडेलले प्रेस चौतारी नेपालसहित सवै सञ्चार संगठनहरुसँग आवश्यक सहयोग र सहकार्य गर्न सकार तयार रहेका जानकारी दिनुभएको प्रेस चौतारीका महासचिव हिरामान लामाले बताउनु भयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेसहितका पदाधिकारी, निवर्तमान अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमलगायतको उपस्थिति रहेको थियो ।