२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु प्रदूषण भएका शहरको सूचीमा फेरि काठमाडौं नै पहिलो नम्बरमा



काठमाडांैंका देखिएको धुलोका कण ।
अ+ अ-

काठमाडौं । काठमाडौं फेरि विश्वको प्रदूषित शहर बनेको छ । एकसातायता काठमाडौंको वायुको गुणस्तर निकै खराव छ ।

वायु गुणस्तर मापन गर्ने कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको पहिलो प्रदूषित शहरमा रहेको छ ।

अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) १९३ रहेको छ । यसलाई अस्वस्थकर अवस्था मानिन्छ । यो अघिल्ला दिनको तुलनामा केही कम हो । विश्वका प्रदूषित शहरमध्ये दोस्रो नम्बरमा रहेको चीनको वुहानमा एक्यूआई १६६ रहेको छ ।

वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ भने ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ । यस्तै, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ, १०१ देखि १५० हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, ५१ देखि १०० मध्यम मानिन्छ।

जल तथा मौसम विज्ञान विभागले चैत, वैशाख र जेठ महिनामा डढेलो लाग्ने र पानी नपरेसम्म वायु प्रदूषण उच्च हुने सम्भावना रहेकाले अत्यावश्यक काम बाहेक प्रदूषण उच्च भएको समयमा घर बाहिर ननिस्कन अपिल गर्दै आएको छ ।