२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएल फुटबलः चितवनको लगातार दोस्रो जित



अ+ अ-

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा एफसी चितवनले लगातार दोस्रो जित हात पारेको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा चितवनले बुटवल लुम्बिनी एफसीमाथि १–० को  जित निकाल्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो । यसअघि भएको पहिलो खेलमा चितवनले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको थियो ।

चितवनको जितमा टोरिक जेब्रिनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक सावित भयो । जितसँगै चितवनले दुई खेलबाट ६ अङ्क बनाएको छ । यता तीन खेलमा बुटवलको भने एक अङ्क मात्र छ । बुटवल पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा धनगढी एफसीसँग ४–१ गोल अन्तरले हारेको थियो ।

उक्त प्रतियोगिताअन्तर्गत शनिबार दुई खेल हुनेछन् । पहिलो खेल पोखरा थन्डर्स र काठमाडौँ रेजर्सबीच हुनेछ । दोस्रो खेल धनगढी एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ । रासस