२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.26

Wind: 2.06

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएल फुटबलः चितवनको लगातार दोस्रो जित



अ+ अ-

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा एफसी चितवनले लगातार दोस्रो जित हात पारेको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा चितवनले बुटवल लुम्बिनी एफसीमाथि १–० को  जित निकाल्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो । यसअघि भएको पहिलो खेलमा चितवनले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको थियो ।

चितवनको जितमा टोरिक जेब्रिनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक सावित भयो । जितसँगै चितवनले दुई खेलबाट ६ अङ्क बनाएको छ । यता तीन खेलमा बुटवलको भने एक अङ्क मात्र छ । बुटवल पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा धनगढी एफसीसँग ४–१ गोल अन्तरले हारेको थियो ।

उक्त प्रतियोगिताअन्तर्गत शनिबार दुई खेल हुनेछन् । पहिलो खेल पोखरा थन्डर्स र काठमाडौँ रेजर्सबीच हुनेछ । दोस्रो खेल धनगढी एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ । रासस