२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटनामा बाह्र जना घाइते



अ+ अ-

चितवन। यहाँको माडीमा बस दुर्घटना हुँदा बाह्र जना घाइते भएका छन् । भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना६ख ९३६६ नम्बरको बस आज दिउँसो माडी नगरपालिका–१ वनकट्टामा दुर्घटना भएको हो ।

सो बसमा पच्चिस जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बस  अनियन्त्रित भई रुखमा ठोक्किएको हो । घाइते सबैको स्थानीय बघौडा अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जना सामान्य उपचार गरी घर फर्किएका छन् भने अन्यको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घाइते सबै खतरामुक्त रहेको कार्यालयले जनाएको छ । बस चालक फरार रहेकाले खोजी जारी रहेको उहाँले बताउनुभयो । रासस