१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ



अ+ अ-

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै लामिछाने पक्राउ परेका हुन् ।

लामिछानेलाई बुढानीलकण्ठस्थित घरबाटै प्रहरी टोलीले पक्राउ गरेको हो ।

आफूलाई पक्राउ गर्न प्रहरीको टोली घरमै पुगेपछि उनले सामाजिक सञ्जालमार्फत् आफूमाथि ठूलो अन्याय भएको र अहिले नै गिरफ्तारी दिन लागेको बताएका थिए ।

 

उनले न्यायालयका अन्य ढोकाहरु खुला नै रहेको र न्यायका लागि दुनियाँका सबै ढोका ढक्ढक्याउनेसमेत बताएका छन् । उनले रास्वपाले चितवनमा गर्न लागेको सभा भने नरोक्न भनेका छन् ।

उनले लेखेका छन्–
‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायालयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।
म माथि ठूलो अन्याय भएको छ ।
चितवनको सभा नरोक्नुस् ।