६ श्रावण २०८३, बुधबार
,
Latest
मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ



अ+ अ-

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै लामिछाने पक्राउ परेका हुन् ।

लामिछानेलाई बुढानीलकण्ठस्थित घरबाटै प्रहरी टोलीले पक्राउ गरेको हो ।

आफूलाई पक्राउ गर्न प्रहरीको टोली घरमै पुगेपछि उनले सामाजिक सञ्जालमार्फत् आफूमाथि ठूलो अन्याय भएको र अहिले नै गिरफ्तारी दिन लागेको बताएका थिए ।

 

उनले न्यायालयका अन्य ढोकाहरु खुला नै रहेको र न्यायका लागि दुनियाँका सबै ढोका ढक्ढक्याउनेसमेत बताएका छन् । उनले रास्वपाले चितवनमा गर्न लागेको सभा भने नरोक्न भनेका छन् ।

उनले लेखेका छन्–
‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायालयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।
म माथि ठूलो अन्याय भएको छ ।
चितवनको सभा नरोक्नुस् ।