२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन

अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन
अ अ+ अ-

कञ्चनपुर। यातायात मजदुरले कञ्चनपुरमा अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग सञ्चालन भएको छ । बिहान ६ः०० बजेदेखि अवरुद्ध राजमार्ग दिउँसोदेखि सञ्चालन भएको छ ।

राजमार्गका ठाउँठाउँमा मजदुरले गाडी तेस्र्याएर अवरोध सृजना गर्दा यात्रुहरूले पैदल नै गन्तव्यमा जानुपरेको थियो । सवारी चालक मुकेशराज अवस्थीमाथि सवारी दुर्घटनामा मुद्दा चलाएर बिहीबार पुर्पपक्षका लागि अदालतले कारागार चलाउन गरेपछि रिहाइको माग गर्दै यातायात मजदुरले आज राजमार्ग अवरुद्ध गरेका थिए ।

चालकका आफन्तले उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा दायर गरेको रिटमा सोमबार पेसी तोकिएपछि अवरुद्ध पूर्वपश्चिम राजर्माग सञ्चालन भएको छ ।

सवारी चालक अवस्थीका आफन्तले कञ्चनपुर जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालतमा दायर गरेको रिटको पेसी तोकिएपछि आन्दोलनरत पक्षले अवरुद्ध राजर्माग खुलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताउनुभयो । उहाँका अनुसार यातायात र प्रशासनबीच भएको छलफलमा आन्दोलन स्थगन गर्ने सहमति भएको छ ।

माघ १९ गते कृष्णपुर नगरपालिका–२, बङ्कमा सुप्र०२००१ज ४४७ नम्बरको बसले प्रदेश ३०२०१२प९४०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सनत रेग्मी र कमलकान्त जोशी घाइते भएका थिए । त्यसपछि बस चालक अवस्थीमाथि अङ्गभङ्ग मुद्दा चलाइएको थियो । रासस