२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.26

Wind: 2.06

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन



अ+ अ-

कञ्चनपुर। यातायात मजदुरले कञ्चनपुरमा अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग सञ्चालन भएको छ । बिहान ६ः०० बजेदेखि अवरुद्ध राजमार्ग दिउँसोदेखि सञ्चालन भएको छ ।

राजमार्गका ठाउँठाउँमा मजदुरले गाडी तेस्र्याएर अवरोध सृजना गर्दा यात्रुहरूले पैदल नै गन्तव्यमा जानुपरेको थियो । सवारी चालक मुकेशराज अवस्थीमाथि सवारी दुर्घटनामा मुद्दा चलाएर बिहीबार पुर्पपक्षका लागि अदालतले कारागार चलाउन गरेपछि रिहाइको माग गर्दै यातायात मजदुरले आज राजमार्ग अवरुद्ध गरेका थिए ।

चालकका आफन्तले उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा दायर गरेको रिटमा सोमबार पेसी तोकिएपछि अवरुद्ध पूर्वपश्चिम राजर्माग सञ्चालन भएको छ ।

सवारी चालक अवस्थीका आफन्तले कञ्चनपुर जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालतमा दायर गरेको रिटको पेसी तोकिएपछि आन्दोलनरत पक्षले अवरुद्ध राजर्माग खुलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताउनुभयो । उहाँका अनुसार यातायात र प्रशासनबीच भएको छलफलमा आन्दोलन स्थगन गर्ने सहमति भएको छ ।

माघ १९ गते कृष्णपुर नगरपालिका–२, बङ्कमा सुप्र०२००१ज ४४७ नम्बरको बसले प्रदेश ३०२०१२प९४०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सनत रेग्मी र कमलकान्त जोशी घाइते भएका थिए । त्यसपछि बस चालक अवस्थीमाथि अङ्गभङ्ग मुद्दा चलाइएको थियो । रासस