२३ असार २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ रेक्टरभन्दा माथिका २ भूकम्प, केन्द्रविन्दु जाजरकोट



अ+ अ-

काठमाडौं। जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ ।

पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड र दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड रहेको थियो ।

भूकम्पको केन्द्रबिन्दू पैंक क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ ।