२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.26

Wind: 2.06

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्दिरमा मलमुत्र छर्कने क्रिस्चियन महिला पक्राउ



अ+ अ-

काठमाडौं । मन्दिरमा मलपत्र छर्किएर दूषित पार्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका–्५ मा रहेको आदेश्वर मन्दिरमा पिसाब छर्किएको अभियोगमा ६१ वर्षीया मीठू तिवारी गर्तौलालाई प्रहरीले पक्रेको हो ।

मन्दिरमा कोही नभएको मौका पारी एक जना महिलाले गत पुस २६ गते बोतलमा पिसाब लिएर आई आदेश्वर मन्दिरभित्रको मूर्तिमा समेत फालेको उजुरी परेपछि खोजी गर्दा मीठूलाई पक्राउ गरिएको हो । उनले त्यसपछि पनि गत फागुन २१ गते त्यसैगरी मन्दिरमा पिसाब फालेर फोहोर दूषित गरेको पाइएको छ ।

ती महिलाले नागार्जुन नगरपालिका–५ स्थित चुण्डेश्वर मन्दिर, सितापाईलास्थित गणेश मन्दिर, हरिसिद्धी मन्दिरमा समेत पिसाब फाली छर्कि फोहोर तथा दुषित गरेको सिसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । सिसीटीभी फुजेटका आधारमा खोजी गर्ने क्रममा बिहीबार दिउँसो प्लास्टिकको बोतलमा पिसाब जस्तो देखिने तरल पदार्थ रहेको ५ वटा बोतलसहित आदेश्वर मन्दिरमा आएका बेला पक्राउ गरिएको हो । उनलाई ‘धर्मसम्बन्धी कसूर’मा मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरी वित्त स्वयम्भूले जनाएको छ ।

पक्राउ परेकी मिठुले २०७६ सालमा हिन्दु धर्म परिवर्तन गरी क्रिस्चियन धर्म मान्दै आएको खुलेको छ । उनी चावहिलस्थित चावहिल मण्डली चर्चमा आबद्ध रहेकोसमेत बताइएको छ ।