• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

विज्ञसँग प्रधानमन्त्रीको बालुवाटारमा छलफल, विपक्षी दलका नेता पनि सहभागी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् ।

बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् ।

नेकपा अध्यक्ष प्रचण्ड भने आइनपुगेको बालुवाटार स्रोतले बताएको छ ।

प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकै निवास भैंसेपाटी पुगेका छन् ।

सरकारले चार महिना लामो लकडाउन अन्त्य गरेदेखि कोरोना भाइरसको संक्रमण र मृ'त्यु दर ह्वात्तै बढेको छ ।

संक्रमण समुदायस्तरमा फैलिएको अनुमान गरिए पनि सरकारले औपचारिक घोषणा गरेको छैन ।

राजधानी काठमाडौंमा पनि कोरोना संक्रमण फैलिँदै गएपछि सरकारको आगामी कदमबारे प्रधानमन्त्रीले विज्ञहरु र शीर्ष नेताहरुसँग राय लिन खोजेका हुन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा २० हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट ५७ जनाको मृत्यु भएको छ ।