• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

‘सरकारको कामले मात्र पुग्दैन, कोरोनासँग लड्न जनचेतना अझै बढाउन आवश्यक छ ‘- प्रधानमन्त्री ओली



काठमाडौं । कोभिड नियन्त्रणमा सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनचेतना अझै बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् । आज प्रधानमन्त्री निवास वालुवाटारमा जनस्वास्थ्यबिज्ञहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले महामारी नियन्त्रणका लागि थप जिम्मेवारीका साथ लाग्न आवश्यक रहेकोमा जोड दिएका हुन् ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रम कार्यालयका सचिव महेन्द्र गुरागाईंले अहिले प्रतिदिन १८ हजारसम्मको परीक्षण गर्न सक्नेगरी ल्याबको स्थापना गरिएको  जानकारी दिए । बैठकमा अहिलेसम्म ४ लाख जनाको पीसीआर विधिबाट टेष्ट भएको जानकारी दिइएको थियो । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढ्न थालेपछि यसको रोकथाम, उपचार र नियन्त्रणका लागि थप कदम चाल्न सरकारले आज जनस्वास्थ्यबिज्ञहरुसँग  छलफल गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजबादी दलका अध्यक्ष महन्थ ठाकुरसहित जनस्वास्थ्यविज्ञहरुसँग अहिले छलफल गरिरहनुभएको छ ।

प्रधानमन्त्रीको सचिवालयको जानकारी अनुसार छलफलमा कोभिड व्यबस्थापन केन्द्र, सिसिएमसीमा रहेका मन्त्रीहरु, सचिवहरु र जनस्वास्थ्यविज्ञहरुसहति २७ जना सहभागी रहेका छन् ।