• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

थारू र मगर बस्तीमा माघेसङ्क्रान्तिको तयारी



फाईल फोटो

महोत्तरी् । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरीका  थारू र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ । प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ भनिन्छ । यसपालि यो पर्व शनिबार परेको छ ।

थारू बस्तीमा अहिले पर्वका लागि सबै माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितको जोहोमा लागेका छन् । बाक्लो हुस्सुले डम्म ढाकेर चिसो निकै बढे पनि थारू बस्तीलाई पर्वको चहलपहलले तताएको छ । छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र नजिकका इष्टमित्र पर्वमा डाक्ने थारू जातिको परम्परा छ । भङ्गाहा नगरपालिका–७ मेघरोलकी नगिना सिंह थारू पर्वका लागि आवश्यक बस्तु जुटाउने चटारो बढेको बताउनुहुन्छ ।

बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएको मगर समुदाय पनि माघेसङ्क्रान्तिको तयारीमा जुटेको छ । मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी र मितमितिनी र नजिकी इष्टमित्रलाई चाडमा निम्तो दिने चलन छ । बर्दिवास र गौशालामा मगर समुदायको बाक्लो बसोबास छ । बर्दिवासका केही बस्ती, गौशाला, भङ्गाहा र रामगोपालपुरमा थारूको बाहुल्यता छ ।

बजारमा तील, सख्खर (मिठ्ठा), चिउरा र मुरी किनबेच बढेको छ ।  तील, चिउरा, मुरी (विशेष प्रकारको चामलबाट बनाइने भुजा) र जुनेलो (अन्न विशेष) भुटेर सख्खरको खुँदोमा  मिसाइ लाई (लड्डु) बनाइने परम्परा छ । गौशाला निगौल बस्तीकी रासवती थारूका अनुसार तील, चिउरा, जुनेलो र मुरीका लाई ९लड्डु० बनाएर कूलदेवतालाई चढाइ खाने मैथिल परम्परा छ । बजारमा तील र सख्खरको मूल्य आकाशिएको छ । यसअघि प्रतिकिलो रु १५० देखि रु २०० सम्म  पाइने तील अहिले रु ३५० सम्ममा र सख्खर प्रतिकिलो रु १०० सम्ममा बिक्री भइरहेको छ । 

उखु किसान पर्वलाई लक्षित गरी घरघरमा उखु पेलेर मिठ्ठा ९सख्खर० बनाउन व्यस्त छन् । उखुु किसान तिलासक्रायत पर्वमा मिठ्ठा ९सख्खर०को माग र भाउ दुवै बढ्दा केही राहत भएको बताउँछन् । पर्वमा तील, चिउरा र मुरीलाई सख्खरमा मुछेर बनाइएको लड्डु विवाहिता छोरी÷चेली, मित एवं अन्य आफन्तको घरमा ‘सनेस’ (कोसेली) पठाउने चलन छ ।