५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

यस्तो बन्दैछ कमलपोखरी,आकाशे पानी पुन:भरण, सुरक्षा र सौन्दर्यको पर्याय हुने – फोटोफिचर

यस्तो बन्दैछ कमलपोखरी,आकाशे पानी पुन:भरण, सुरक्षा र सौन्दर्यको पर्याय हुने – फोटोफिचर
अ+ अ-

काठमाडौँ । कमलपोखरीलाई रातमा उझ्यालो बनाउन, बर्खाको पानी पुन:भरण गरेर पानीको सतह यथावत् राख्ने प्रणाली विकास गर्न र सौन्दर्यले मनमोहक बनाउन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विभागहरुलाई निर्देशन दिनुभएको छ ।

कमलपोखरी पुन:निर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणमा भइरहेको कामको अनुगमन गर्दै उहाँले सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका अधिकारीहरुलाई निर्देशन दिनुभएको हो ।

पोखरी वरिपरि राखिएका चैत्य, विभिन्न स्थानमा राखिएका मूर्तिहरुमा आगन्तुकले क्षति गरेको देखेपछि उहाँले सिसिटिभी क्यामरामार्फत अनधिकृत क्रियाकलाप निगरानी गर्ने प्रबन्ध गर्नु पर्ने बताउनुभयो ।

अनुगमनमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, उपभोक्ताको अपेक्षाअनुरुप सार्वजनिक स्थलहरुलाई प्रयोगमैत्री बनाउन प्रयास गरिएको उल्लेख गर्नुभयो ।

पोखरी करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ । परम्परागत, सांस्कृतिक र पर्यटकीय पोखरीका रुपमा विकास गर्ने गुरुयोजना अनुरुप कमलपोखरी पुन:निर्माण भइरहेको हो । गुरुयोजनाको पहिलो चरणमा करिब ६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी र यससँग सम्बन्धित संरचना निर्माण गरिएको हो । दोस्रो चरणमा पोखरीको सौन्दर्यीकरण र मर्मतको काम भइरहेको छ । यो कामको ठेक्का सम्झौता रकम ३ करोड ६ लाख ८ हजार ११ रुपैयाँ हो । गएको भदौ (२०८१) १९ गते कार्यादेश दिइएको यो योजना आउँदो (२०८२) साउन १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ । यो योजना सार्वजनिक निर्माण विभागबाट कार्यान्वयनमा आएको हो । यस्तै टयाक्टिकल अर्वनिजम (सडक तथा फुटपाथ किनाराको सौन्दर्य) का लागि उद्यान तथा हरियाली आयोजनाले काम गरिरहेको छ ।

पार्क, साविकमा प्रहरी बिट रहेको करिब ५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ । सिमाना पर्खालबाहिर टयाक्टिकल अर्वनिजमअन्तर्गत फल्चा शैलीमा परम्परागत बस बिसौनी बनाउने, पैदल यात्रीका लागि बसेर पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ बनाउने, विरुवा रोप्ने, फूल रोप्ने, सानो पार्क बनाउने काम भइरहेको छ ।

आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार यस वर्ष टयाक्टिकल अर्वनिजमका लागि करिब २ करोड रुपैयाँ लागतमा करिब ३२ ठाउँमा काम भइरहेको छ । यो काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । यसअन्तर्गत कमलपोखरीका चार कुनामा कमल रोप्ने र माछा राख्ने काम हुनेछ ।

पोखरी वरिपरि साँझ विहान हिँड्न प्रकाशका लागि वडा कार्यालयले नेपाल विद्युत प्राधिकरणसँग पत्राचार गरिसकेको छ । वडा नं. १ का सचिव सर्वज्ञराज पौडेलले, पोखरीको सुन्दरता र सुरक्षाका लागि नियमित विद्युत आपूर्ति प्रबन्ध गर्न लागिएको जानकारी दिनुभयो ।
कमल पोखरीको वरिपरि पैदल मार्ग छ । चिल्ड्रेन पार्क, मकराकृतिका ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, खुला व्यायामशाला, उद्यान कमलपोखरीका विशेषता हुन् ।

पोखरीका चार ओटा हरेक कुनामा आकर्षक र संस्कृति झल्किने मण्डप छन् । पूर्वतिर मुलढोकासँगै एउटा ठुलोसहित पोखरी वरिपरि ५ वटा मण्डप छन् । पोखरी छिर्ने गेटलाई परम्परागत नेपाली शैलीको छ । पोखरी निर्माण गर्दा नेपाली इट्टा र दर्शन ढुङ्गा प्रयोग गरिएको छ ।