११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात
अ अ+ अ-

भद्रपुर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु आठ अर्ब २० करोड ९६ लाख, अलैँची रु पाँच अर्ब २४ करोड ४० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब ७३ करोड ६३ लाखको निर्यात भएको छ ।

यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु २६ करोड ६३ लाख, अम्लिसो रु ७६ करोड ९७ लाख, बन्दा रु आठ करोड १७ लाख, जडीबुटी रु चार करोड २६ लाख, मसुरो दाल रु चार करोड मूल्य बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट रु दुई अर्ब ४० करोड ४६ लाख २२ हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ ।

आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गँेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु १३ करोड १७ लाख १२ हजार, चामल रु चार करोड ९७ लाख, ताजा तरकारी रु २८ करोड ८७ लाख मूल्य बराबरको आयात भएको छ । यसैगरी ताजा फलफूल रु २६ करोड ३७ लाख, लसुन रु ६२ करोड ४६ लाख, आलु रु २८ करोड ९१ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ । रासस