२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेहनतबाट नै देश निर्माण हुन्छः सांसद महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मेहनतबाट नै देश निर्माण हुने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीतिक वृत्तमा पनि मेहनतको खाँचो रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारी तथा गैरसरकारी क्षेत्रमा पनि इमान्दारिता र मेहनतको खाँचो रहेको बताउनु भयो । उहाँले सत्तामा रहे पनि वा नरहे पनि नेपाली काँग्रेस सहीलाई सही र गलतलाई गलत भन्ने बताउनु भयो । सजिलो हुँदा अघि बढ्ने र असहज हुँदा पन्छिने नयाँ राजनीतिक दलहरुबाट अधिकारको रक्षा हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले भएका कमी, कमजोरीप्रति नागरिकले खबरदारी गर्ने र जनताको खबरदारीलाई नसुने पराजित हुनुपर्ने बताउनु भयो ।

सांसद महतले भन्नुभयो, ‘मेहनतबाट नै देश निर्माण हुन्छ । पोल्टिकल तहमा पनि मेहनतको थप खाँचो छ । अनेस्टीको थप खाँचो छ । गैरसरकारी क्षेत्र, जुन निजी क्षेत्र छ, त्यहाँ पनि हार्ड वर्किङ र अनेस्टीको खाँचो छ । जहाँ हामी काम गर्छौं त्यो मेरो काम हो भनेर गर्नुपर्छ । हार्ड वर्क पनि गरौँ, अधिकारको बारेमा पनि खबरदारी गरौँ । नेपाली काँग्रेस पार्टी जायज कुरलाई जायज भन्छ, सत्ता बाहिर भएपनि र सत्ताभित्र भएपनि । बोल्नुपर्ने कुरामा बोल्छ । अब जुन कुरा लाग्छ, त्यसमा विचार गर्नुपर्छ पनि भन्छ । हामी जिम्मेवार पार्टी हौँ । नयाँ पुराना जसको कुरा गर्नुस् । नेपाली काँग्रेसको अनुभव, प्रतिवद्धता जुन छ, अफ्ठ्यारो जस्तो अवस्थामा पनि अडिग रहन्छ । अफ्ठयारो पर्दा कहाँ हो कहाँ र सहज भए अघि आउने पार्टीहरुले अधिकारको रक्षा गर्न सक्दैनन् । कमी, कमजोरी हुन्छन् । तर डेमोक्रेसीमा जनताले खबरदारी गर्दछन् । खबरदारी सुनेन भने पराजित हुनुपर्छ । त्यही नै डेमोक्रेसीको सुन्दरता हो ।’

नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका सांसद महतले वित्तीय संस्था सम्बन्धी जोडिएका विषयहरुमा पनि गम्भीरताका साथ हेरिरहेको बताउनु भयो । वित्तीय संस्था कर्मचारी संघले अधिकार र जिम्मेवारीलाई सँगै लिएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । जनताको महत्वकांक्षाअनुसार सुविधा प्रदान गर्न सक्नुपर्ने बताउनु भयो ।