२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

उदयपुरमा मोटरसाइलको ठक्करबाट एकको मृत्यु

उदयपुरमा मोटरसाइलको ठक्करबाट एकको मृत्यु
अ अ+ अ-

उदयपुर। कटारी नगरपालिका–४ मा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आज मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–४ को सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सिन्धुलीको दुधौली नगरपालिका–५ घारीथुन्सीका ७१ वर्षीया अम्बर सुनुवारको मृत्यु भएको हो ।

कटारीबाट दुधौली सिन्धुलीतर्पm जाँदै गरेको प्र २–०१–०० ३२ प ५४२२ नम्बरको कटारी–६ गेरुवाका २३ वर्षीया अनन्त मगरले चलाएको मोटरसाइकलले विपरीत दिशाबाट कटारीतर्पm आउँदै गरेको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका सुनुवारलाई कटारी अस्पतालमा ल्याइ उपचार गर्ने क्रममा दिउँसो ४ः३० बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगार्इंले बताउनुभयो ।

उपरीक्षक बजगाईंका अनुसार मोटरसाइलमा पछाडि सवार कटारी–५ भुल्केका २२ वर्षीया सरिना मगर सामान्य घाइते भएकामा कटारी अस्पतालमा उपचार गरिएको थियो ।

मोटरसाइकल चालक मगर र सरिना दुवैलाई प्रहरी कार्यालयमा लिई मोटरसाइकलसहित नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस