२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 25.08

Wind: 3.09

Humidity: 47

तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पको क्षति आँकलन कार्य प्रभावकारी बनाउन उपप्रधानमन्त्री सिंहको निर्देशन



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाका नागरिकका निजी आवासको विस्तृत क्षति आँकलन कार्य प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले आज सिंहदरबारमा गर्नुभएको भेटका क्रममा उपप्रधानमन्त्री सिंहले त्यसका लागि मन्त्रालयबाट आवश्यक सहयोग रहने स्पष्ट पार्नुभयो । भेटका अवसरमा उहाँहरुबीच जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाका निजी आवासको विस्तृत क्षति आँकलनलगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा कार्यकारी प्रमुख भट्टले मन्त्रालयबाट क्षति आँकलनका लागि खटिएका प्राविधिकको म्याद थप गरिदिन तथा अन्य प्राविधिक जनशक्ति थप गरिदिन उपप्रधानमन्त्री सिंह समक्ष आग्रह गर्नुभयो । उपप्रधानमन्त्री सिंहले क्षति आँकलनमा खटिएका प्राविधिकको म्याद थपिने आश्वासन दिनुभएको कार्यकारी प्रमुख भट्टले जानकारी दिनुभयो । रासस