३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल

जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल
अ+ अ-

बाँके। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कुरा सुन्न र सम्बन्ध सुदृढ गर्न हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान पुनः थालिएको बताउनुभएको छ ।

अभियानअन्तर्गत माओवादी केन्द्र बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको नागरिक अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले विगतमा जनताको भावना बुझ्न नसकेकाले अहिले भूगोलमै पार्टी नेतृत्व खटिएको उल्लेख गर्नुभयो ।

“विगतमा नेता कार्यकर्ताको घेराबन्दीमा परेर गल्ती गरियो, अब हामी नेता कार्यकर्ताको रिपोर्टमा भर पर्दैनौँ, सिधै जनताका कुरा सुन्न आएका छौँ”, उहाँले भन्नुभयो, “हामी सच्चिन तयार छाँै, सच्चिन्छौँ र जनतासँगको सम्बन्ध सुदृढ बनाउँछौँ ।

हुलाकी राजमार्ग छेउछाउ सिमाना नजिक बस्ने नागरिकको अवस्था र भावना बुझ्न जनताको घरघरमा आफूहरु पुग्ने गरेको अध्यक्ष दाहालको भनाइ थियो । उहाँले भन्नुभयो, “जनताकै घरमा बसेर जनताका कुरा सुन्न चाहेका छौँ ।

राजनीतिक दल र नेताको आचरणले गर्दा जनतामा असन्तुष्टि बढ्दै गएका कारण प्रतिगमनले टाउको उठाएको उल्लेख गर्दै अध्यक्ष दाहालले योभन्दा परिस्थिति बिग्रिए मुलुकमा ठूलो दुर्घटना हुने भएकाले सबै गणतन्त्रवादी जिम्मेवार भएर लाग्न जरुरी भएको बताउनुभयो ।

राजावादीको चरित्र जे थियो त्यो चैत १५ गते देखियो । हामीले शालिन तरिकाले जवाफ दियौँ”, उहाँले भन्नुभयो, “प्रतिगमनविरुद्ध अभियान छेडेर प्रतीकार ग¥यौँ ।

माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको नागरिक अन्तरसंवाद कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामी, पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र अब्दुल वाहिद मन्सुरी, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणी आचार्य, अधिकारकर्मी भोला महत, जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्मा, पत्रकारहरु जे पाण्डे, झलक गैरे, शरण कर्माचार्य लगायतले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले राजनीतिक दल र नेता सच्चिनुपर्ने सुझाव दिनुभएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्षत्रय नारायणकाजी श्रेष्ठ, अग्नीप्रसाद सापकोटा र कृष्णबहादुर महरा, महासचिव देव गुरुङलगायत केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो । रासस