२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख प्रशासकीय अधिकृत नहुँदा खाँडाचक्र नगरपालिकाका शिक्षकले पाएनन् छ महिनादेखि तलब



अ+ अ-

मान्म । कालीकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरुले छ महिनादेखि तलब पाएका छैनन् । नगरपालिका भित्रका ३९ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले तलब नपाएका हुन् ।

चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले छ महिनादेखि तलब सुविधा नपाएको बताउनुभयो । “तलब नपाएका कारणले बाध्य भएर ज्ञापनपत्र बुझाएका छौँ”, उहाँले भन्नुभयो, “असोजदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका छैनौँ ।”

तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको शिक्षक पवित्राकुमारी शाहीको जानकारी दिनुभयो । “संसारमा काम गरेको घण्टाको हिसाबले तलब पाउँछन्,” उहाँले भन्नुभयो, “हामीले भने काम गरेको तलब पाउन पनि छ महिना कुर्नुपर्छ ।” शिक्षकहरूको हकमा भने पहिला–पहिला चार÷चार महिनामा र अचेल तीन/तीन महिनामा तलब दिने गरिएकामा पनि नगरपालिकाले दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको तलबभत्ता नदिएको शिक्षकहरुको भनाइ छ ।

नगरपालिकामा पहिल्यैदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा र नयाँ लेखापाल तालिममा गएका कारण नगरपालिकाको आर्थिक गतिविधि ठप्प रहेको नगर प्रमुख कमलबहादुर शाहीले बताउनुभयो । उहाँले शिक्षकको हकमा आफू पनि चिन्तित रहेको जनाउँदै शिक्षकको तलबभत्ता छिटो हाल्न कर्मचारीलाई निर्देशन दिइसकेको बताउनुभयो । शिक्षकहरुको दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको निकासा दिनका लागि आफूले लेखा शाखामा फाइल पु¥याएको तर भुक्तानी नगरेको शिक्षा शाखा प्रमुख बलराज शाहीले बताउनुभयो ।