१६ असार २०८३, मंगलवार
,
Latest
जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोटका शिक्षासेवी कार्कीद्वारा संस्कृत पढाउन १२ वर्षसम्म छात्रवृत्ति



अ+ अ-

भक्तपुर । सुर्यविनायक नगरपालिका २ बालकोटका शिक्षासेवी तथा समाजसेवी हेमन्त कुमार कार्कीले महेश सन्याश आश्रमद्वारा देवघाटमा सञ्चालित महेश संस्कृत गुरुकूलम् गुरुकूल प्रर्वद्धन समाजमा संस्कृत शिक्षा अध्ययन गरिरहेका एकजना विद्यार्थीको लागि स्नातकोत्तर (आचार्य) तहसम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेका छन् । 

आफ्ना स्वर्गवासी पिता कृष्णबहादुर कार्की र स्वर्गवासी माता हिराकुमारी कार्कीको स्मृतिमा शिक्षासेवी कार्कीले वैदिक सनातन धर्मको रक्षाको लागि काम गर्दै आएकोे गुरुकूल प्रर्वद्धन समाजमा रहेका ती विद्यार्थीलाई संस्कृत शिक्षामा आचार्य तहसम्म अध्ययनका लागि छात्रवृत्ति उपलव्ध गराएका हुन । 

६ कक्षामा भर्ना गरिएका ति विद्यार्थी हाल कक्षा ८ मा अध्ययन गरिराखेका छन् । शिक्षासेवी कार्कीले वार्षिक १२ हजार रुपैयााको दरमा उनलाई छात्रवृत्ति उपलव्ध गराईराखेको गुरुकूल प्रर्वद्धन समाज देवघाट चितवनले जनाएको छ । कोरोना भाईरस महामारीका कारण यो वर्षको छात्रवृत्ति कार्कीले बैंकमार्फत पठाएका छन् ।

शिक्षासेवी कार्कीका पिता कृष्णबहादुर २०२४ साल र माता हिराकुमारी कार्कीको २०४७ सालको जनैपुर्णिमा तिथिमा (२४ वर्षको फरकमा एकै तिथिमा) निधन भएको थियो । सोही तिथि पारेर शिक्षासेवी कार्कीले विद्यार्थीको छात्रवृत्तिको तेस्रो वर्षको किस्ता गुरुकूल प्रर्वद्धन समाज देवघाटमार्फत ति विद्यार्थीलाई उपलव्ध गराएका छन् ।

यसैगरि जनैपुर्णिमाकै तिथि पारेर शिक्षासेवी कार्कीले चाँगुनारायण नगरपालिका ३ स्थित मानव कल्याण समाज सेवा घरमा आश्रीत केटाकेटी र वृद्धवृद्धाका लागि नगद १० हजार रुपैयाँ पनि आर्थिक सहयोग गरेका छन् । 

बालकोटको एकमात्र पुरानो सामुदायीक महेन्द्र शान्ति माद्यमिक विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष शिक्षासेवी कार्कीले आफ्ना स्वर्गवासी पिता कृष्णबहादुर कार्की, माता स्व.हिराकुमारी कार्की र दाजु स्व.अर्जुन कार्कीको स्मृतिमा सो विद्यालयमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरि वार्षिक ४० जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएका छन् ।