२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

‘अक्षरको यात्रा’ कला प्रदर्शनी सुरू

‘अक्षरको यात्रा’ कला प्रदर्शनी सुरू
अ अ+ अ-

काठमाडौँ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आजदेखि अग्रज कलाकारहरूको सहभगितामा ‘अक्षरको यात्रा’ कला प्रदर्शनी सुरू भएको छ ।

नक्सालमा प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले नेपालका लिपिहरू हराइएकोमा चिन्ता प्रकट गर्दै त्यसको संरक्षण जरूरी रहेको बताउनुभयो ।

सो क्रममा उहाँले भन्नुभयो, “नेपालका विभिन्न लिपिहरू छन्, ती लिपिहरूलाई प्रदर्शनमा ल्याउन यस्ता प्रदर्शनीहरू एकदमै महत्त्वपूर्ण हुन्छन् । नेपालका धेरैभन्दा धेरै लिपि जुन हराइएका छन्, हराउने क्रममा छन्, ती लिपिहरूलाई अझै संवर्द्धन, प्रवर्द्धन गर्न यस प्रदर्शनीले भूमिका खेलोस् ।”

प्रदर्शनीमा राखिएका कलाकृतिमा क्रान्ति, स्नेह, भविष्य, इतिहास, वर्तमानका कुरा रहेको आभास आफूले पाएको बताउँदै उहाँले आर्ट गर्ने, इतिहास, लिपिसँग चासो राख्नेलाई समेट्दै जानुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अक्षर आफैँमा एक अक्षर मात्र नभएको र यसले भाव व्यक्त गर्ने तथा कलाको सौन्दर्यलाई प्रकट गर्ने बताउनुभयो । उहाँले अक्षरलाई रङ, रेखा र आकारसँग जोडेर विम्बिकरण गरी सूचना सम्प्रेषण गर्न सकिने र लालित्यको दृष्टिले पनि अक्षरलाई सम्बोधन गर्न सकिने बताउँदै यस कार्यक्रम सुरूआती भएको र आगामी दिनमा अझ परिष्कृत रूपमा बढ्ने बताउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले करिब ४ हजार वर्षअघि मेसोपोटामियामा विकास भएको ध्वनि प्रतीक चिह्न नै आजको लिपिको प्रारम्भिक रूप भएको बताउनुभयो । उहाँले नेपालका अन्य लिपिलाई समेत समेट्दै कार्यक्रमको अर्को संस्करण बृहत् बनाउने धारणा राख्नुभयो ।

बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले आजको युगमा अक्षरबिनाको केहीको कल्पना नै गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “आ–आफ्नो भाषासँग आ–आफ्नो लिपि हुन्छ । त्यही लिपिलाई कलाकारले आफ्नो भावना समेट्दै कलाकृति सिर्जना गर्नुभएको हो ।”

चैत २५ गतेसम्म चल्ने प्रदर्शनीमा नारदमणि हार्तम्छाली, किरण मानन्धर, केके कर्माचार्य, वत्सगोपाल वैद्य, मदन चित्रकार, राधेश्याम मुल्मी, लालकाजी लामा, पाल्साङ्मो लामा, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय बान्तवा, अरूणा हिङमाङलगायतले सहभागिता जनाउनुभएको छ ।रासस