२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.93

Wind: 1.03

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच सम्झौता



(250401) — MANDALAY, April 1, 2025 (Xinhua) — In this aerial drone photo, China Search and Rescue Team, assigned by the country’s Ministry of Emergency Management, and a rescue team from China’s Hong Kong carry out a joint search and rescue operation at the Sky Villa residence in Mandalay, Myanmar, April 1, 2025. Equipment, including snake-eye endoscopes, radar wave all-view cameras and drones, was used in the joint mission. Using drones at the scene, the joint rescue force conducted an assessment to ensure the safety of the rescue. Locals provided clues on distress sounds at the scene. The Chinese rescuers rushed to the spot only to rule out the possibility of survivors. Twenty-four rescuers participated in the joint mission. (Xinhua/Cai Yang)
अ+ अ-

बैंकक । काठमाडौँ विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालयबीच नेपालमा हिमनदी विज्ञान (ग्ल्यासियोलोजी) लगायत विषयमा उच्चशिक्षा अध्ययनका लागि थाइल्याण्डका विद्यार्थीहरू वृद्धि गर्ने विषयको सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

थाइल्याण्डको पहिलो औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी पे थोङ् थान् शिनावात्राबीचको दुईपक्षीय भेटवार्तापछि उहाँहरूको उपस्थितिमा भएको सहमतिपत्रमा हस्ताक्षर समारोहमा उक्त सहमतिपत्र आदानप्रदान गरिएको छ ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्ले र सियाम विश्वविद्यालयका अध्यक्ष प्रोच्याइ मोङ्कोन्भनितबीच हस्ताक्षर भएको हो । उपकुलपति डा वाग्लेका अनुसार सहमतिपछि नेपालमा थाइल्याण्डबाट हिमनदी विज्ञान (ग्ल्यासियोलोजी), परम्परागत वास्तुकला (टेडिसनल आर्किटेक्ट) र वातावरणीय विज्ञान (इन्भाइरोनमेन्ट साइन्स) विषयमा थाइल्याण्डबाट विद्यार्थी आउने सहज वातावरण बनेको छ । रासस