२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक : मुख्यन्त्री पाण्डे

लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक : मुख्यन्त्री पाण्डे
अ अ+ अ-

कास्की। कास्कीमा आजदेखि लागुऔषध नियन्त्रण महाअभियान २०८१/८२ शुभारम्भ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा अभियान सञ्चालन गरिएको हो ।

लागुऔषध नियन्त्रण लागुऔषध दुव्र्यसनलाई नियन्त्रण, लागुऔषधिको कारोबार तथा बिक्री वितरण, ओसारपसारलाई नियन्त्रण गर्न र समाजमा सचेतनामूलक विभिन्न कार्यक्रम गरी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियानको रहेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अभियानको उद्घाटन गर्दै लागू औषध समाजको प्रमुख समस्याका रूपमा रहेकाले यसको नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । “लागुऔषधका कारणले समाजमा अपराधका घटना वृद्धि भइरहेका छन् । यसको नियन्त्रणका लागि सरकारी तथा निजी क्षेत्रका सरोकारवाला पक्षको सक्रिय सहभागिता, साझेदारी र सहयोग आवश्यक पर्दछ”, पाण्डेले भन्नुभयो ।

पछिल्लो समयमा युवाहरू बढी लागुऔषध दुव्र्यसनीबाट पीडित भइरहेकाले उनीहरूलाई कुलतबाट हटाउने पहिलो दायित्व परिवारको भएको उहाँले बताउनुभयो । “आमा/बुबा तथा छरछिमेकले आफ्ना बाुनानीले के गर्दै छन्, कस्तो संगत गर्दै छन् भन्ने कुराको जानकारी लिनुपर्दछ । उनीहरूलाई माया ममता, स्नेह तथा अपनत्व हुने गरी बढी परिवारमै घुलमिल गराउनुपर्दछ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जिल्लामा लागुऔषधको ओसारपसार, उत्पादन तथा बिक्री वितरणको कार्य रोक्नका लागि विशेष टोली परिचालन गर्ने गरिएको बताउनुभयो । उहाँले महाअभियानमा विभिन्न शीर्षकमा ४७ वटा गतिविधि समेटिएका र यसलाई छ महिनासम्म महाअभियानको रूपमा वडा वडामा लैजाने बताउनुभयो ।

कार्यक्रममा पोखरा नाटक घरबाट लागुऔषध दुव्र्यसनीसम्बन्धी सडक नाटक तथा विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा हाम्रो परिवार नेपाल लागुऔषध सुधार केन्द्रका सञ्चालक शिव न्यौपाने आफू लागुऔषधको दुव्र्यसनीमा फस्दाको अवस्थामा भोग्नुपरेको पीडा प्रस्तुत गर्नुभएको थियो । रासस