काठमाडौं । जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बुधबार बस्दैछ। नेता केशव झाका अनुसार बैठक आज दिउँसो १ बजेदेखि बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानको हलमा बस्नेछ। तुलसीलाल अमात्य नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन्।
बैठकमा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सहभागी हुने जनाइएको छ । तत्कालीन समाजवादी पार्टी नेपाल र राजपा नेपालबीच एकीकरणपछि जनता समाजवादी पार्टी बनेको हो। उक्त पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव छन्।
आजको बैठकले वैचारिक, राजनीतिक, सांगठानिक, साँस्कृतिक कार्यदिशा स्पष्ट गर्दै पार्टीको ठोस रणनीति तथा कार्यक्रम निर्धारण गर्न बनाउने पार्टीका नेता महेन्द्र श्रेष्ठले बताए।