४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

दहाल नेपाल समुह रणनीति: ओलीमाथी दवाब बढाउन केन्द्रिय सदस्यहरूलाई काठमाडौ बोलाउदै

दहाल नेपाल समुह रणनीति: ओलीमाथी दवाब बढाउन केन्द्रिय सदस्यहरूलाई काठमाडौ बोलाउदै
अ+ अ-

काठमाडौं । नेकपा भित्र चर्किएको शक्ति सर्घष फेरी पटक उत्कर्षमा पुगेको छ । करिब ८ महिना देखीको रस्साकस्सीलाई उपाध्यक्ष बामदेब गौतमले अघि सारेको ६ बुदे मध्यमार्गी प्रस्ताब बाट समस्या उन्मुख हुदै गर्दा अध्यक्ष दहाल तथा बरिष्ठ नेता नेपाल फेरी एक पटक अध्यक्ष ओली माथी  दवाब बढाउदै गौतमको प्रस्ताबलाई  तुहाउने  निष्कर्षमा पुगेको श्रोतले जनाएको छ ।  गौतमको प्रस्ताबले नेकपा भित्र एक प्रकारको आईस ब्रेक भएको अबस्था र कोरोनको सक्रमण पनि बढ्दै गएको  कारण केही समय पार्टी भित्रको अन्तरकलह मथ्थर हुने आशा नेकपामा एकथरी कार्यकर्तामा थियो ।  तर कोरोनाको सक्रमण बढ्दै गए संग पार्टी भित्रको कलह पनि बढ्दै गएको छ ।

बुधबार साझ ५ बजे दुई अध्यक्ष बीच पुन छलफल गर्ने पूर्ब निर्धारित कार्यतालीका तय भएपनि ओली माथी दबाव बढाउनका लागि कोरोका कहर बीच आफुनिकट केन्द्रिय सदस्यहरुलाई काठमाडौ बोलाउने र केन्द्रिय समितिको बैठक बोलाउन दवाब दिने रणनीति बुझे पछि अर्का अध्यक्ष ओली संग हुने भनिएको छलफल पनि अन्योलमा परेको छ ।  शुक्रबार प्रधानमन्त्री ओलीले स्बास्थ्थ बिज्ञहरु संगको छलफलमा पार्टीका साथीहरुले कोरोना संकट प्रति गम्भिर नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।  ओलीको अभिब्यक्ति पछि तत्काल पार्टीका कुनै पनि बैठक नबस्ने अनुमान लगाएका दहाल–नेपाल समुहले केन्द्रिय सदस्यहरु तथा संञ्चारमाध्याम मार्फत प्रचारात्मक दवाब बढाउन लागेका हुन् । यसका लागि आज केही संञ्चारकर्मीहरु संग अनौपचारीक छलफल समेत भएको छ ।

उपाध्यक्ष गौतमले साथ छाडेको , सचिवालय सदस्य रामबहादुर थापा पूर्ण रुपमा कतै पनि नखुलेको अबस्थामा सचिवालयकामे बैठक बाट बिवादित बिषयहरु टुङ्गो लगाउनका लागि असन्तुष्ट पक्ष हच्किएको ओली पक्षको बुझाई रहेको छ ।  ओली पक्ष सचिवालयमा टुङ्गो गरेर स्थायी समितिमा लैजाने तयारीमा रहेका छन् दहाल –नेपाल समुह स्थायी समिति हुदै केन्द्रिय समिति सम्म यो मुद्धा लैजाने तयारीमा रहेका छन्  ।

उपाध्यक्ष गौतमलाई फकाउन शुक्रबार भैसेपाटी पुगेका अध्यक्ष दहाल गौतम संगको सम्बाद पछि उत्साहित हुन सक्नु भएन ।  सुरु देखी नै साथ दिदै आएका  मुख्य ब्यक्तिहरुको साथ गुम्नु र बिगत देखी आफुसंगै रहेका नेताहरुले पनि साथ छाड्दै गएको अबस्थाम अप्ठारोमा परेका दहालले नेता नेपाल संग नै समझदारी गरी ओली माथी पुन दवाब बढाउने रणनीति लिनु भएको हो । कोरोना सक्रमण बढ्दैगए संगै सरकारले पुन लकडाउन गर्ने सम्भाबना रहेको कारण पनि तत्काल केन्द्रिय सदस्यहरुलाई काठमाडौ बोलाई आफना कुरामा सहमत गराउन र सार्थन खोज्नका लागि प्रयास भै रहेका दहाल –नेपाल  समुह का एक सदस्यले जानकारी दिए ।नेताहरु र उहाहरुको सचिवालयबाट खबर पाएपछि मंगलबार देखी नै  बिभिन्न जिल्लामा रहेका केन्द्रिय सदस्यहरु राजधानी आईपुगेका छन्  ।