• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई प्रचण्डले कित्ता स्पष्ट पार्न भनेपछि…



काठमाडाैंः नेकपा उपाध्यक्ष वामदेवले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेका छन् ।

शुक्रबार उनको निवासमा भेटन पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’भनी सोधेका जनाउँदै आफू  ठूलो–सानो कुनै पनि गुटमा नलाग्ने स्पष्ट  पारेको जानकारी गराएका छन् ।

साउन १३ गते नेता गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्ष समक्ष राखेका प्रस्ताव उपर सोही दिन पार्टीका अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसकेको जानकारी दिँदै गौतमले २० गते पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेको जनाएका छन् ।

पार्टी अध्यक्ष प्रचण्डसंगको भेटमा  पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी  भएको जनाइएको छ ।