२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday
Latest
राजसंस्था नेपालीलाई एकतावद्ध गराउने संस्था भएको डा. लोहनीको दाबी राजसंस्था पुनःस्थापना गराएरै छोड्छौँः डा. जगमान गुरुङ काठमाडौंमा लामो समयपछि वर्षा भएसँगै प्रदूषणबाट राहत संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’ आयोगको प्रतिवेदन लुकाएर ऐन निर्माणलाई पर धकेलिएको रास्वपा शिक्षा विभागको दाबी बागलुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष मृत भेटिए सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीवार पुरातत्व विभागको भ्रमण गर्ने गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको माग सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर



अ+ अ-

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएकोे छ ।

थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा आज ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् ।

नेपालमा तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । यसैगरी थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान सुफाजीकिज्कोसल र पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गर्नुभएको हो ।

यसैगरी दुईदेशका प्रधानमन्त्रीका उपस्थितिमा गैरसरकारी क्षेत्रसँग सम्बन्धित स्वास्थ्य, शिक्षा र व्यापार वाणिज्यसँग सम्बन्धित क्षेत्रमा विभिन्न समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो ।

थाइल्याण्ड सरकारको औपचारिक भ्रमण तथा छैटौँ ‘बिम्स्टेक’ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ गते यहाँ आउनुभएको थियो ।