२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको तीनकुने घटनामा संलग्न थप १८ जना पक्राऊ



अ+ अ-

काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्ने थप १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये आठ जनालाई राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । यो कसुरमा काठमाडौंका कुमार बस्नेत, सुनसरीका अनिलकुमार थापा, झापाका तारानाथ बोहरा, झापाकै दानबहादुर न्यौपानेलगायत छन् ।

यसअघि ४१ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।