२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.06

Wind: 1.03

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

रोमाञ्चक जितसहित रियल मड्रिड कोपा डेल रेको फाइनलमा



अ+ अ-

काठमाडौँ । रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल सोसिडाडसँग ४–४ को बराबरी खेल्दै एग्रिगेटमा ५–४ को रोमाञ्चक जितसहित मड्रिड फाइनलमा पुगेको हो ।

मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेउमा खेलको १६ औं मिनेटमा एन्डर बारेनेट्क्सीयाले गोल गर्दै सोसिडाडलाई सुरुवाती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा एन्ड्रिकले गोल गर्दै मड्रिडलाई १–१ को बराबरीमा ल्याए ।

खेलको पहिलो हाफ बराबरीमा सकियो । यता, ७२ औं मिनेटमा मड्रिडका डेभिड अलाबाले आत्मघाती गोल गरेपछि सोसिडाड २–१ ले अघि बढ्यो । ८० औं मिनेटमा मिकेल ओयार्जावालले गोल गर्दै सोसिडाडलाई ३–१ गोलले अघि बढाए । ८२ औं मिनेटमा जुड बेलिङहमले गोल गर्दै मड्रिडलाई ३–२ को अवस्थामा ल्याए ।

त्यसपछि ८६ औं मिनेटमा औरेलिन चौमेनीले गोल गरेपछि मड्रिड ३–३ को बराबरीम आयो । खेलको इन्जुरी समयमा मिकेलले व्यक्तिगत दोस्रो तथा टोलिका लागि चौंथो गोल गर्दै सोसिडाडलाई ४–३ को अवस्थामा ल्याउँदा एग्रिगेटमा दुबै टोलि ४–४ को अवस्थामा आयो । त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो ।

११५ औं मिनेटमा रियलका डिफेन्डर एन्टोनिओ रुडिगरले गोल गर्दै रियल मड्रिडलाई फाइनलमा पुर्याए । अब मड्रिडले उपाधिका लागि आज राति हुने बार्सिलोना र एट्लेटिको मड्रिडको विजेतासँग खेल्नेछ । फाइनल खेल २६ अप्रिलमा हुनेछ ।