४ भाद्र २०८३, बिहीबार
,
Latest
राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोमाञ्चक जितसहित रियल मड्रिड कोपा डेल रेको फाइनलमा



अ+ अ-

काठमाडौँ । रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल सोसिडाडसँग ४–४ को बराबरी खेल्दै एग्रिगेटमा ५–४ को रोमाञ्चक जितसहित मड्रिड फाइनलमा पुगेको हो ।

मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेउमा खेलको १६ औं मिनेटमा एन्डर बारेनेट्क्सीयाले गोल गर्दै सोसिडाडलाई सुरुवाती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा एन्ड्रिकले गोल गर्दै मड्रिडलाई १–१ को बराबरीमा ल्याए ।

खेलको पहिलो हाफ बराबरीमा सकियो । यता, ७२ औं मिनेटमा मड्रिडका डेभिड अलाबाले आत्मघाती गोल गरेपछि सोसिडाड २–१ ले अघि बढ्यो । ८० औं मिनेटमा मिकेल ओयार्जावालले गोल गर्दै सोसिडाडलाई ३–१ गोलले अघि बढाए । ८२ औं मिनेटमा जुड बेलिङहमले गोल गर्दै मड्रिडलाई ३–२ को अवस्थामा ल्याए ।

त्यसपछि ८६ औं मिनेटमा औरेलिन चौमेनीले गोल गरेपछि मड्रिड ३–३ को बराबरीम आयो । खेलको इन्जुरी समयमा मिकेलले व्यक्तिगत दोस्रो तथा टोलिका लागि चौंथो गोल गर्दै सोसिडाडलाई ४–३ को अवस्थामा ल्याउँदा एग्रिगेटमा दुबै टोलि ४–४ को अवस्थामा आयो । त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो ।

११५ औं मिनेटमा रियलका डिफेन्डर एन्टोनिओ रुडिगरले गोल गर्दै रियल मड्रिडलाई फाइनलमा पुर्याए । अब मड्रिडले उपाधिका लागि आज राति हुने बार्सिलोना र एट्लेटिको मड्रिडको विजेतासँग खेल्नेछ । फाइनल खेल २६ अप्रिलमा हुनेछ ।